Sunday, September 25, 2016

म त् मरिसकेको मान्छे

    म त् मरिसकेको मान्छे
    मन, मस्तिस्कबाट छुटिसकेको मान्छे
    ब्यर्थ, किन सोध्छौ म को हु भनेर?
    म त् आफ्नै शरीरबाट टाडिसकेको मान्छे

    म त् हिड्दा हिड्दै थाकीसकेको मान्छे
    शरीरको पानि बगेर रित्तिसकेको मान्छे 
    मलाई किन सोध्छौ कहाँ हिडेको भनेर?
    म त् आफै भित्र हराइसकेको मान्छे 

    म त् आफ्नो हृदय खोज्दा खोज्दै तडपिसकेको मान्छे 
    मेरो मुटु भन्दा भन्दै हारिसकेको मान्छे
    नसोध मलाई कसलाई खोजेको भनेर?
    म त् आफ्नो साहस खोज्दा खोज्दै मरिसकेको मान्छे 

No comments:

Post a Comment